Skip to content

निर्धन उत्थानको नाफा २९९.४६ प्रतिशतले बढ्यो

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्म निर्धन उत्थान लघुवित्तले १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २९९.४६ प्रतिशतले धेरै हो । गत वर्षको तेस्रो त्रैमाससम्म यस संस्थाले ४ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म आइपुग्दा लघुवित्तको सञ्चालन नाफा ५६९.३७ प्रतिशतले बढ्दा नाफामा वृद्धि भएको हो । गत वर्ष ६ करोड ४५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले अहिले बढाएर ४३ करोड २० लाख रुपैयाँ पुर्याएको छ । यस्तै, कम्पनीको इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा पनि नाफामा वृद्धि हुन टेवा पुगेको छ ।

यता कम्पनीको खुद ब्याज आम्दानी भने ३।२६ प्रतिशतले घटेर १ अर्ब ३६ करोड रुपैयाँम झरेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ जम्मा छ । यसको खराब कर्जा १२.०९ प्रतिशतबाट घटेर १०।७७ प्रतिशतमा झरेको छ ।

यसअवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ७३ पैसाले बढेर ८ रुपैयाँ ९८ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २ रुपैयाँ २५ पैसा (वार्षिक) रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ भने १८६ रुपैयाँ बराबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal