Skip to content

एनआरएन इन्फ्रास्ट्रक्चरको ९ महिनामा नाफा ५ करोड ५८ लाख

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्म एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ५ करोड ५८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष २०७९र८० को यहीअवधिमा यो कम्पनी ६७ हजार रुपैयाँ घाटामा थियो । वित्तीय सम्पतिको फेयर भ्याल्यू बढेकाले खुद नाफा बढेको हो । यो अवधिसम्म आइपुग्दा कम्पनीको वित्तीय सम्पतिको फेयर भ्याल्यू ५ करोड ७१ लाख पुगेको छ ।

गत वर्ष २०७९र८० मा ३ करोड २७ लाख रुपैयाँ ऋणात्मक थियो । एनआरएनको चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा १० करोड ४१ लाख रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ भने १४७.६३ रुपैयाँ छ । कम्पनीको वित्तीय आम्दानी २ करोड ९५ लाखबाट घटेर १ करोड ८५ लाख कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal