Skip to content

लमजुङको दुराडाँडाको सडकको कालोपत्रे सुरु

लमजुङ । लमजुङको ऐतिहासिक स्थल दुराडाँडाको सत्रसय–चिहानपाटा–तुर्लुङकोट–पुरानकोट– बाख्रेजगत सडकको कालोपत्रे गर्न थालिएको छ ।

आव २०८०÷८१ मा करिब अढाइ किमी सडक कालोपत्रे गर्ने गरी कालो पत्रेको काम सुरु भएको हो । सडक स्तरोन्नतिसहित कालोपत्रेको काम शून्य पोइन्ट क्षेत्र मध्यपहाडी लोकमार्गको किरिञ्चे खोला नजिक रहेको बनपाले घुम्तीबाट सुरु भएको हो ।

सहरी विकास तथा भवन निर्माण विभागको सङ्घीय आयोजना कार्यान्वयन एकाइको मातहतमा सडक स्तरोन्नतिसहित कालोपत्रको काम थालिएको हो । सडक कालोपत्रेको लागि चालु आर्थिक वर्षको लागि रु दुई करोड ४२ लाख ६६ हजार तीन सय ५३ बजेट स्वीकृत भई काम सुरु भएको हो ।

यस सडको स्तरोन्नतिसहित कालोपत्रेको काम आइडी निर्माण कम्पनी, पोखराले गरिरहेको छ । चालु आवमा २२ सय मिटर कालोपत्रे गर्ने जिम्मा आइडी निर्माण कम्पनीले पाएको हो । सडक कालोपत्रे गर्नको लागि अलकत्रा मात्र हालिएको छ भने काम सम्पन्न गर्ने म्याद वैशाख मसान्त भएको र समयमा नै काम सक्ने जिकिर निर्माण कम्पनीले गरिरहेको छ ।

सडकका इन्जिनियर सुरज साहका अनुसार सडकको कालोपत्रे २० एमएम अर्थात् दुई सेन्टीमिटर हुनेछ । अब आउँदो आवमा सकेसम्म बाख्रे जगतसम्मकै खण्डमा कालोपत्रे सक्ने गरी बजेट प्रबन्ध गर्न माग गरिएकोस्थानीय पशुपति खनियाले बताए ।

बाँग्रेजगतसम्म पूरै सडक कालोपत्रे भएपछि दूरडाँडाको माथिल्लो क्षेत्रबाट सदरमुकाम बँेसीसहर आवतजावत गर्न लागि पनि सुन्दरबजार घुम्नभन्दा यही सडक छोटो हुने यस क्षेत्रका स्थानीयले बताएका छन् ।

दुराडाँडाको सामाजिक, आर्थिक विकासका लागि मुख्य आधारका रुपमा यस सडकलाई हेर्दै आएको छ । सम्झना छ तत्कालीन सहरी विकासमन्त्री मेटमणि चौधरीले दूराडाँडाको सत्रसय–चिहानपाटा–तुर्लुङकोट–पुरानकोट–बाख्रेजगत सडकको कालोपत्रे गर्ने कामको २०७९ असोज ३ गते शिलान्यास गरेका थिए ।

सुन्दरबजार नगरपालिका र बँसीसहर नगरपालिकाका केही वडा छुने यस सडकको लम्बाइ विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर०अनुसार १५ दशमलव २ किलोमिटर रहेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले जनाएको छ ।

कालोपत्रे गर्न कुल लागत ५१ करोड ९५ लाख ९३ हजार रुपैयाँ लाग्ने उल्लेख छ । यस सडकखण्ड निर्माण सम्पन्न भएपछि दुई हजार घरधुरीका ९ हजार ५ सय ८७ जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal