Skip to content

बुधबार सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार?

काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal