Skip to content

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ८ प्रतिशतले घट्यो

 

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा हिमालयन लाइफ इन्स्योरेन्सले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा ७.९९ प्रतिशतले थोरै हो । गत वर्ष २०७९र८० को ९ महिनामा ४७ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १४.१० प्रतिशतले बढेर ४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

कुल आम्दानी १०.१४ प्रतिशतले बढेर १६ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । यद्दपि, खर्च वृद्धिको अनुपात झन धेरै भएपछि नाफामा केही कमी आएको हो । कुल खर्च १०.७३ प्रतिशतले बढेर १६ अर्ब २६ करोड पुगेको छ ।

हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी पनि ०.९३ रुपैयाँले घटेर ७.२४ रुपैयाँ कायम भएको छभने प्रतिसेयर नेटवर्थ १२४.२५ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal