Skip to content

महासंघले मतदान अधिकार नदिए १८ वटा संघले चरणबद्ध आन्दोलन गर्ने

nabil bank

काठमाडौं । उद्योग वाणिज्य महासंघले मतदानको अधिकार नदिने हो भने १८ वटा संघले चरणबद्ध आन्दोलन गर्ने भएका छन् । १८ वटा संघले महासंघमा उच्च अदालतको आदेश कार्यन्वयन तथा सदस्यता प्रदान गर्न निवेदन दर्ता गराएको छ ।

वैशाख १ गते सबै संघले निवेदन दर्ता गर्दैै अदालतको आदेश अनुसार मतदानको अधिकार दिनु पर्ने र नदिएको खण्डमा चरणबद्ध आन्दोलन गर्ने जनाएका छन् ।

महासंघ समेत विपक्षी रहेको सदस्यता विवाद सम्बन्धी उच्च अदालत पाटनमा विचाराधीन निषेधाज्ञा रिट (रिट नं. ०८०–डब्लूओ–१६२०) मा चैत्र २६ गते भएको आदेशप्रति ध्यानाकर्षण गराएका छन् ।

‘‘पुस १६ गते जारी भएको परमादेश बमोजिमको निर्णय नगरी साधारण सभा गर्दा निवेदकहरूलाई अपूरणीय क्षति पुग्ने ठहर गर्दै, उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम सो निर्णय नभएसम्म साधारण सभा नगर्नु÷नगराउनु भनी विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी भएको सर्वविदितै छ । यसरी सम्मानित अदालतको आदेशपश्चात निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरू स्थगित रहेको अवस्थामा, अदालतको आदेश बमोजिम सदस्यता प्रदान नगरी महासंघको पदाधिकारी बैठकको निर्णय भनि पुनः साधारण सभाको मिति तोकिएको जानकारी संस्थाको वेबसाइट मार्फत प्राप्त हुनु अत्यन्तै खेदजनक छ। सम्मानित अदालतबाट पटक–पटक भएको आदेशको कार्यान्वयन नगरी साधारण सभा सम्बन्धी कुनै पनि गतिविधि अगाडि बढाउनु अदालतको अवहेलना (ऋयलतझउत या ऋयगचत) हुनुका साथै पूर्णतः गैरकानुनी कार्य हो भन्ने हाम्रो स्पष्ट ठहर छ’’ महासंघमा दर्ता भएको निवेदनमा उल्लेख छ ।

पुस १६ गतेको परमादेशको भावना र चैत २६ गतेको अन्तरिम आदेशको पूर्ण पालना गर्दै, महासंघको २०८१ फागुन २६ गतेको निर्णय बमोजिम सदस्यताको निर्णय गरेर मात्र साधारण सभा सम्बन्धी प्रक्रिया अगाडि बढाउन जोडदार माग गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi