काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । जसले गर्दा वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भावी अध्यक्षको रूपमा महासंघको नेतृत्व गर्ने छन् ।
आज उपाध्यक्ष र कार्यसमिति सदस्यमा निर्वाचन हुनेछ । ४ उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन हुन लागेको हो ।
७३ पदाधिकारीका लागि १३७ व्यवसायी चुनावी मैदानमा छन् । महासंघमा जिल्ला-नगर, वस्तुगत र एसोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षको निर्वाचन छुट्टै गरिने जनाईएको छ ।
निर्वाचनमा वर्तमान अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले प्यानल नै बनाएर चुनावी मैदानमा छन् ।
निर्वाचन समितिले आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने र उक्त निर्वाचनमा २ हजारभन्दा बढीले मतदान गर्ने जानकारी दिएको छ । साथै निर्वाचनको नतिजा बुधबार घोषणा हुने बताएको छ । चार उपाध्यक्षमा जिल्ला नगरबाट २, एसोसिएटबाट १, वस्तुगत १ उपाध्यक्ष निर्वाचित हुने छन् ।
त्यस्तै महासंघमा एसोसिएसटतर्फ १ हजार ८५०, जिल्ला नगरतर्फ १२९, वस्तुगत संघमा १०७, वस्तुगत महासंघमा १७, द्विराष्ट्रिय ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्